अमेरिका– अमेरिका र चीनबीचको विदेशनितिको सबै उपलब्धी निराशाजनक बन्न पुगेको छ ।
झण्डै पा“चदशक यता चीन संग अमेरिकाको सम्बन्ध असफल रहन पुग्यो । विदेशीमन्त्री माइक पोम्पियोले क्यालिफोर्नियाको एक निक्सन लाइब्रेरीको भ्रमण गरे । राष्ट्रपति रिचर्ड निक्सनको नाममा छ जुन लाइब्रेरी । यिनै अमेरिकी राष्ट्रपतिले ५० वर्ष पहिला चीनसंग कुटनितिक संम्बन्धको सुरुवात गरेका थिए ।
लाइब्रेरी भ्रमणको दौरान अमेरिकी विदेशमन्त्रीले पुर्व राष्ट्रपति निक्सनद्धारा चीनसंगको सम्बन्ध सुरुवातलाई लिएर भने–‘चीनसंग सम्बन्ध जुन उद्देश्यका लागी गरिएको थियो तर अब त्यो सम्बन्ध अन्त्य गर्ने समय आएको छ ।’
पुर्व राष्ट्रपति निक्सनको १९७२ मा एतिहासिक चिनिया भ्रमणपछि झण्डै ५० वर्ष पछि अमेरिकी विदेशमन्त्री पोम्पियोले यो क्षण चीनको विरुद्ध बोल्दै उनले मौका फाइदा उठाउने झुठ बोल्ने धोका दिने र चोरीको आरोप चीनमाथि लगाए ।
उनले अब चीनको निरकुशता र अत्याचारबाट मुक्त हुन समय आएको र चीनमुक्त संसारबाट हामीले प्रयास गर्नुपर्ने बताए । उनले चीनले बिस्तारबादी निति कायम गरेको र अर्काको स्वतन्त्र बन्धक बनाएको आरोप लगाए ।
उनले बेइजिङले अमेरिका र पश्चिमी उदारताको केवल फाइदा उठाएको बताउदै अब त्यस्तो नहुने बताए ।
अमेरिकाले टेक्सस स्थित हयुस्टनमा रहेको चिनिया वााणिज्य दुताबास बन्द गर्न आदेश दिएपछि तनाब बढे’ गएको हो । अमेरिकाले टेक्ससको चिनिया वाणिज्यदुताबास बन्द गर्न आदेश दिए लगत्तै चीनले पनि जवाफमा चेङदुस्थित अमेरिकी वाणिज्यदुताबास बन्द गर्न आदेश दिएको छ । यसले झनै अमेरिका–चीन सम्बन्ध चिसो बन्न पुगेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected