अमेरिका -अमेरिकी स्मार्ट फोन कम्पनि एप्पलले आफ्नो पछिल्लो मोडल आइफोन ११ को उत्पादन भारतमा पनि सुरु गरेको छ । भारतका वाणिज्य तथा उद्योग मंत्री पीयूष गोयलले शुक्रबार ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् । ”
दएप्पलले भारतमा आईफोन ११ निर्माण गर्न सुरु गरेको छ , जसले पहिलो पटक भारतमा शिर्ष मोडल भित्राएको छ ” उनले आफ्नो ट्वीट मा जनाएका छन् । दक्षिण चेन्नई स्थित एप्पलको उत्पादक साझेदार फक्सकनको प्लान्ट बाट सो उत्पादन सुरु गरिएको हो। एप्पलले २०१७ मा पहिलो पटक भारतमा उत्पादन सुरु गरेको थियो । त्यस यता भारतमा आइफोन एस इ , सिक्स एस तथा आइ फोन ७ हरु उत्पादन भएका थिए ।
विश्वको स्मार्ट फोनको दोस्रो ठुलो बजार मानिने भारतमा आइफोन ११ को स्थानीय उत्पादनले यसको बजार मुल्य करिब २० प्रतिसतले सस्तो पर्ने बताईएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...