न्युयोर्कका बार तथा रेस्टुरेन्टमा सामाजिक दुरी कायम गराउन असफल भएको भन्दै गभर्नर कुमो द्वारा स्थानीय सरकारको आलोचना

न्युयोर्क (अमेरिका-) कोरोना महामारी नियेंत्रणका लागि लागु गरिएको सामाजिक दुरीको नियमलाई बार तथा रेस्टुरेन्टहरुमा कडाईका साथ लागु गर्न नसकेको भन्दै न्यु योर्क राज्यका गभर्नर एन्ड्रयु कुमोले स्थानीय प्रहरी तथा सम्बन्धित निकायको आलोचना गरेका छन् । आफ्नो दैनिक ब्रिफिंग कार्यक्रममा उनले आज सो कुरा बताएका हुन् । ” स्थानीय सरकारहरू जस्तै न्युयोर्क शहर तथा लंग आइल्याण्ड क्षेत्रहरुले सामाजिक दुरी कायम गर्न गरेका कार्य पर्याप्त छैनन् ” उनले भने ।
बार तथा रेस्टुरेन्टमा युवा हरुको भिड देखिनु र केहि दिन यता कोरोनाको संक्रमण युवा हरुमा नै बढी देखिनु एक आपसमा सम्बन्धित रहेकोले
सामाजिक दुरी लगाएतका नियम हरुलाई बार तथा रेस्टुरेन्टहरुमा कडाईका साथ लागु गर्न उनले प्रहरी तथा स्थानीय निकाय हरुको ध्यानाकर्षण गराएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...