अमेरिका– अमेरिकाले जासुसी गरेको आरोपमा क्यालिफोर्नियाको सानफ्रान्सिसको बाट एक चिनिया महिलालाई पक्राउ गरेको छ ।
अमेरिकाले ३७ वर्षिया तांग जुआनलाई शुक्रबार राती जासुसीको आरोपमा पक्राउ गरेको हो ।
अमेरिकी संचारमाध्यमका अनुसार तांग जुहान बेइजिङमा बायोलोजी ग्रयाजुेसन गरेपछि चिनिया सेनाको ल्याबमा काम गरेकी थिइन । अंग्रेजी राम्रो बोल्ने उनी यसपछि चिनिया सेनाको नजर परेपछि उनलाई अमेरिकामा जासुसीको जिम्मेवारी सुम्पिएको अमेरिकन मिडियाहरुले उल्लेख गरेका छन् ।
अमेरिकामा ल्याब असिसटेन्टको काम गदै आएकी उनी पटक पटक  चिनिया दुताबासमा जाने गरेपछि पोल खुलेको हो । त्यसपछि अमेरिकाको खुपिया एजेन्सीको शंकामा घेरामा रहिन उनी । उनी कुनै सोसियल मिडियामा थिइन । तर उनकै साथीले फेसबुकमा चिनिया आर्मिको पोसाक लगाएको तस्विर फेसबुकमा शेयर गरी दिए थिइन । यसपछि नै अमेरिकाको विशेष ब्युरोले उनको निगरानी सुरु गरेको थियो ।
स्रोतका अनुसार उनी टेक्ससको हयुस्टनमा रहेको चिनिया वाणिज्य दुताबासमा रिपोर्ट गर्ने गरेकी थिइन । वाणिज्यदुताबास बन्द भएपछि उनी शंकाको घेरामा रहिन र पक्राउ परिन

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected