हे दैव नबनाऊ मट्टीतेल अब
जलाई मार्छन् मलाई
हे दैव नरच यस्तो खेल अब
चपाइ निल्छन् मलाई
तन मन जीवन सुम्पेको छु
तापनि
सम्पतिमा जोख्छन् मलाई
बिरामी भएर सुतें भने
वचनवाणले घोच्छन् मलाई
हे दैव नबनाऊ मट्टीतेल अब
जलाई मार्छन् मलाई
मैले
आफुलाई बिर्सिएर
उस्को लागि बॉचेको छु
आफ्नो नाम मेटेर
उस्को परिचय राखेको छु
सधैं,
सम्पत्तिमा जोख्छन् मलाई
पाउँ उचाल्न लागें भने
बेस्सरी थिच्छन् मलाई
हे दैव नबनाऊ मट्टीतेल अब
जलाई मार्छन् मलाई
खै ?
फर्कि जाउं कहॉ जाऊँ ?
त्यो घरमा वास छैन रे मलाई
छोरीको जूनी पाएको हुँदा
कुटाइ पिटाइको त्रास हुन्न रे मलाई
हे दैब नबनाऊ मट्टीतेल अब
जलाई मार्छन् मलाई ।
( एसिड  आक्रमणकाे बिराेधसहित)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected