कृष्णबहादुर महरालाई नियन्त्रणमा लिन अदालतले पत्र सहित आदेश दिएकाे छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न आदेश दिएको हो ।
संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई जबरजस्ती गरेको अाराेप लागेका महरालाई नियन्त्रणमा लिन प्रहरीलाई सजिलाे भएकाे छ ।
ज़बर्दस्ती बलात्कारकाे आराेप लागे पछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।
अहिलेप्रहरीले नियन्त्रणमा लिएर बयान लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको समाचार स्राेतले जनाएकाे छ।
बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिईन । बयान फेर्दै आएकी शाहिले अन्तत उजुरी दर्ता गरेपछि अनुसन्धानकाे लागी नियन्त्रणमा लिने तयारी भएकाे प्रहरी स्राेतले बताएकाे छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता (ऐन) को दफा ९ को उपदफा ३ (२) अनुसार उनी माथी पक्राउ पुर्जी जारी गरिएकाे हाे ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...