अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा प्रदर्शनकारीले शनिवार अबेर राती तोडफोड र आगजनी गरेका छन् ।
प्रदर्शनकारीले एक अदालतमा आगजनी गर्नुका साथै प्रहरी कार्यालयमा तोडफोड गरिदिएका हुन । प्रदर्शनकारीले प्रहरीमाथि समेत आक्रमण गरेका छन् ।
ओकलेन्ड प्रहरी विभागले ट्वीटमा प्रदर्शकारीले शान्ति कायम राख्न आग्रह गर्दा गदै तोडफोड र आगजनी गरेको बताएको छ । प्रदर्शकारी र एउटा अदालतको सुरक्षामा खटिएको अमेरिकाको विशेष ब्युरो बीच झडप भएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे २५ मा जर्ज फलोइडको मुत्युपछि भएको प्रदर्शन शान्त पार्न विशेष ब्युरोको खटाएका थिए । ओक्लेन्डमा प्रदर्शन दिनभर शान्तिपुर्ण रुपमा भएको थियो । तर रात अबेर प्रदर्शनले हिसात्क रुप लिन पुगेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected