अमेरिका-कोरोना भाइरस बिरुद्दको खोपको विकास गरि मानबमा परीक्षण शुरू गर्ने पहिलो अमेरिकी कम्पनि मोडेरनाले खोपको तेस्रो तथा अन्तिम परीक्षण आज गर्ने जनाएको छ ।

कम्पनिले दिएको जानकारी अनुसार देशभरका करिब ८९ खोप केन्द्र हरुबाट करिब ३० हजार मानिस हरुमा खोप को तेस्रो तथा अन्तिम परीक्षण गर्ने छ । खोप को नतिजा आउन बढीमा १ महिना लाग्ने बिज्ञ हरुले बताएका छन् ।

मोडेरनाले मार्च १६ तारिखमा पहिलो पटक वासिंगटन राज्यको सियाटलमा करिब ४५ स्वयंसेवि हरुमा खोपको पहिलो परीक्षण प्रारम्भ गरेको थियो भने मे ७ मा करिब ६०० जनामा दोस्रो चरणको परिक्षण गरिएको थियो ।
mRNA-१२७३ नामकरण गरिएको खोपले सोचे अनुरुप सफलता हासिल गरेमा सेप्टेम्बर सम्ममा बजारमा आउने अनुमान गरिएको छ । यस अघि अमेरिकी सरकारले कम्पनीलाई खोप विकास र परीक्षण का लागि अप्रिल महिनामा ४८३ मिलियन डलर सहयोग गरेको थियो भने यसै साता ४७२ मिलियन डलर निकासा गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected