टेक्ससको लुईसभिल तालमा डुंगाबाट खसेर अस्मिता खनालको निधन

टेक्सस– टेक्ससको लुईभिल लेकमा डुंगाबाट खसेर एक नेपाली युवतिको ज्यान गएको छ ।
आइतबार बोटिङ गर्ने क्रममा चिप्लिएर तालमा खस्दा २३ वर्षिया अस्मिता खनालकाे ज्यान गएको हो ।
टेक्ससको अर्भिङ बस्दै आएकी खनाल आफनो सात जना साथीहरुसंग मिलेर बोटिङ गर्न लुइसभिल लेक पुगेकी थिइन । बोटिङ गर्ने क्रममा अन्य साथीहरुले लाइफ ज्याकेट लगाए पनि उनले लगाएकी थिइन । डुंगाको छेउमा बसेकी उनी चिप्लिएर तालमा खसकेी थिइन । हामीसंगै बोटिङ गरिरहेका थियौ ’ घटनाको प्रत्यक्षदर्शि आशा बुढाथोकीले भनिन–,तालमा खसेपछि म बचाउन हाम फालेकी थिए, उनलाई भेटन सकिन ।’
उनका अनुसार खनालले लाइफ ज्याकेट लगाएकी थिइनन । तालमा खसेको पा“च सेकेन्डमै उनी बेपत्ता भएको उनले बताइन । घटनापछि साथीहरुले तुरुन्त प्रहरीलाई खबर गरेका थिए । गोताखोरले खोज्ने क्रममा चार घन्टापछि उनको शब तालबाट निकालेका थिए । उनको शब अहिले टेक्सस मेडिकल सेन्टरमा राखिएको छ ।
पाच वर्ष अघि विद्यार्थी भिसामा अमेरिका आएकी खनाल टेक्सस वमन युनिभर्सिटीमा अध्ययन गदै आएकी थिइन । उनी काठमान्डाै की स्थायी बासिन्दा हुन ।
सहयाेगका लागी तलकाे लिंकमा जानुहाेला