सचिन घिमिरे

क़तार-कतारमा विभिन्न क्षेत्रमा लगाईएको प्रतिवन्ध जुलाई २८ देखि लागु हुने गरि खुकुलो बनाइएको छ । कोरोना भाइरसका कारण स्थिति विकाराल आउने संम्भावनालाई ध्यानमा राखि विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाईएकोमा हाल कोरोना भाइरसका संक्रमण दर कमि भएकाले कतार सरकारले तेस्रो चरणको प्रतिवन्ध फुकुवा योजाना ल्याएको विपत्ति व्यवस्थापन समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
यस चरणमा भाइरस कम संक्रमित देशका नागरिकलाई अगष्ट १ देखि कतार प्रवेश गर्न दिइनेछ तर सबै यात्रुले अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ, निजि मेडिकल सेन्टरहरुले ८०% सेवा दिन सक्नेछन, अनुमति लिएर ५०% ले रेस्टुरेन्ट होटलहरु संचालन गर्न सकिने छ, सबै सपिङ सेन्टरहरू ५०% ले खुलेका छन, ड्राइभिङ स्कुलरहरू अगस्ट ३ देखि ५०% ले खुल्ने छन, नर्सरी र चाइल्ड केयर सेन्टर संचालनमा आएका छन, ८०% कामदारले कार्यक्षेत्रमा काम गर्न सक्नेछन, ३०% मात्रामा बुटी पार्लर तथा सेलुन, क्लब जिम सेन्टर, स्विमिङ्ग पुल आदि खुलेका छन त्यस्तै दर्शक बिना खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने छ ।

यस अघि जुन १५ मा पहिलो चरण र जुलाई १ मा दोस्रो चरणको प्रतिवन्ध फुकुवा भएको थियो । त्यस्तै अवस्था सामान्य बनेको खण्डमा अब चौथो चरण सेप्टेम्बर १ मा लागु हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected