अमेरिका– अमेरिकाको स्वास्थ्य विभागले अमेरिकाका विभिन्न राज्यको यात्रा गर्दा सर्वसाधारणका लागी नया निर्देशिका जारी गरेको छ ।
क्यालिफोर्निया तथा फलोरिडा सहित २७ राज्यका बासिन्दाले यात्रा गर्दा १४ दिनको क्वारेन्न्टाइन अनिवार्य गरेको हो । सोमबारदेखि लागु हुने गरी यो निर्देशिका जारी गरिएको हो । अमेरिकाका यी २७ राज्य कोरोनाबाट बढी प्रभावित भएका राज्यमा पर्छन ।
स्वास्थ विभागका अनुसार कोरोनाप्रभावित राज्यबाट अमेरिकाको अन्य राज्यको यात्रा गर्दा १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ । क्यालिफोर्निया फलोरिडा टेक्सस, बासिङटन, जर्जिया, डेलाबर, उत्तर तथा दक्षिण क्यारोलिना लगायत छन् । डिसी स्थित स्वास्थय विभागले आउदो अगस्ट १० अवस्था हेरेर यी सुचीहरुमा हेरफेर गर्न सक्ने बताएको छ ।
कोरोना संत्रमणमा क्यालिफोर्निया तथा फलोरिडाले अति प्रभावित भनिएको न्युयोर्कलाई समेत पछाडी छाडीदिएको छ । यो समाचार तयार पार्दा सम्म क्यालिफोर्नियामा संक्रमीत हुनेको संख्या ४ लाख ६३ हजार भन्दा बढी छ । त्यस्तै फलोरिडामा ४ लाख ४१ ह्जार बढी संक्रमीत छन् । न्युयोर्कमा ४ लाख १७ हजार बढी छ । अमेरिकामा अहिले कोरोना संक्रमीत हुनको संख्या ४४ लाख भन्दा बढी छ । मृतकको संख्या १ लाख ५० हजार नाघेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected