राष्ट्रपति चुनावकालागी पहिलो पटक ट्रम्प र बिडेनकाे २९ सेप्टेम्बरमा आमन्ने सामान्ने बहस हुदै

अमेरिका– अमेरिकामा राष्ट्रपतिको चुनावका लागी अहिले माहौल तातिदै गएको छ ।
कमिहन एन्ड प्रेसिडेन्सिल डिबेट्सले राष्ट्रपति पदका उम्मेदावर बीचको डिबेट्स अर्थात बहसको कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपति पदका उम्मेदवार बीचको पहिलो बहस २९ सेप्टेम्बरलाई तोकिएको छ । राष्ट्रपति पदका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प तथा जो बिडेन बीच ओहायोमा सिधा बहस हुने जनाइएको छ ।
दुई जना फेरी अक्टोबर १५ मा फलोरिडाको मायामीमा आम्नेसाम्ने भएर बहस गर्नेछन् । त्यस्तै २२ अक्टुबरमा टेनेसीमा ट्रम्प र बिडेन बीच बहस हुनेछ ।
९० मिनेटको उक्त बहसमालाई सिधा प्रसारण गरिनेछ । उपराष्ट्रपति पदका लागी ७ अक्टुबरमा साल्ट लेक सिटीमा हुनेछ । उपराष्ट्रपति माइक पेन्ससंग डेमोक्रेटका उम्मेदवारले बहस गर्नेछन् । तर बिडेनले अहिले सम्म उपराष्ट्रपतिको उम्मेदार खडा गरेका छैनन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...