अमेरिका– अमेरिकाको दक्षिण फलोरिडाको अस्प्ताल बाहिर एक भारतीय मुलकी नर्सलाई चक्कु प्रहारपछि सवारीले ठक्कर दिएर हत्या गरिएको छ ।
भारतको केरला निवासी २६ वर्षिया मेरिन रायलाई कोरल स्प्रिङ अस्तपताल बाहिर हत्या गरिएको हो ।
हत्याको अभियोगमा उनका पति फिलिपलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई रक्तामय अवस्थामा होटलबाट पक्राउ गरेको थियो ।
दक्षिण फलोरिडा प्रहरीका अनुसार घाइते उनलाई नजिको ट्रमा अस्पतालमा भर्ना गरिएकोमा उनको केही समयपछि ज्यान गएको थियो । अस्पताल बाहिर  निस्केको बेला उनलाई सुरुमा चक्कु प्रहार गरिएको थियो । त्यपछि सवारी साधनले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मेरिन ब्रो वार्ड हेल्थ कोरल स्प्रीङ अस्पतालमा काम गदै आएकी थिइन । उनी मंगलबार रातीको काम सकेर बाहिर निस्कदा घटना घटेको जनाईएको छ ।
समाचारका अनुसार पति फिलिप र मेरिन केही समय देखि बेग्ला बेग्लै बस्दै आएका थिए । उनिहरुको बच्चा पनि थियो । जो मेरिनको परिवारसंग बस्दै आएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected