अमेरिकामा फैलिदै घरपालुवा जनावारमा कोरोना ,कोरोनाबाटै पहिलोपटक कुकुरको मुत्यु
अमेरिका– अमेरिकामा पछिल्लो क्रममा जनावरमा पनि कोरोना संक्रमण फैलिन थालेको छ ।पछिल्लो तथ्याङक अनुसार अमेरिकामा २५ जनावरमा कोरोना संक्रमण भएको पृष्ठि भएको हो । यसैबीच अमेरिकामा कोविड–१९ संक्रमण भएको जर्मन शेपर्ड कुकुरको मुत्यु भएको छ । कुकुरमा कोरोना संक्रमण भइ मुत्यु भएकाे यो पहिलो घटना हो ।
कुकुरका मालिकले नेशल जियोग्राफीलाई बताए अनुसार कुकुरलाई अप्रिल महिनाको मध्यतिरबाट सास फेर्न मुस्किल भई कयौ साता संक्रमणको चेपेटामा रहयो ।
लामो समयपछि यसै महिना कुकुरको कोरोना संक्रमणबाटै ज्यान गयो । लामो समय सम्म संक्रमणमा रहेको कुकुरमा पशु चिकित्सकले जा“चको क्रममा कोरोना पोजेटिभ भएको पृष्ठि गरेका थिए ।
कृषि विभागले अमेरिकामामा धेरै पशुहरुमा कोरोनाभाइरस सक्रमण भएको पृष्ठि गरेको छ । अहिले सम्म १२ कुकुर, १० वटा बिरोलो , एउटा वाघ र एउटा सिंहमा कोरोना संक्रमण भेटिएको छ । पशुचिकित्सकले पशुहरुमा कोरोना फैलिने कारण बारे केही प्रमाण भेटन सकेको छैनन । कतिपयले भने मान्छेबाटै पशुमा कोरोना फैलिएको हुन सक्ने बताइएको छ । यस अघि अमेरिकाको न्युयोर्कमा वाघमा कोरोना संक्रमण भेटिएको थियो ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















