केही नया लग़्दैन अब (कविता)

केही दुःख नया छैन
अब मेरो लागी
कसै को व्यवहार
नया छैन,
कुनै पीड़ा नया छैन
अब मेरो लागी
तै पनि किन किन चल्छ ,
भुमरी आँधी सरि
अंन्तरमन बाट हावासरि ,
चोट किन लाग्छ घरी घरी
अझ किन आउछ बाड़ी,
मन को बांध टूटे सरि
किन हजारौ प्रश्नहरु बोकि ,
छछल्किन्छन नयन मेरा ,
खोला नाला सरि ,
कुनै व्यवहार नया
छैन मेरा लागी,
साँची भनु भने
कही नया लागदैन
आजकल
कही साथी,कही नातेदार
छन जँगल को आगो सरि
टाढा बाटै लतारेर फाल्छन
आँधी तूफ़ान सरि
तेही पनी किन जाग्छन
आधा अधूरा चाहनाहरूँ
अनी छकल्किंछन
अनगिन्ति भावनाहरु
कसै को बानी व्यवहार
नया नै लाग्दैन
सबै बुझी ज़ानी सकेकी छु
मलाई नया छैन तिमि
अनी ऊनी ,
त्यो अनी उ पनि,
तर पनि मढ़ारिंन्छ आशा
कहिले कही बादल सरि
थाहा छ मानिसहरु
नक़ाबधारी,
दशशिर भएका
रावण सरि,
देखेकि छू हजाराै थरी,
नक़ाब भित्र
नक़ाब सरि
यो सब कही नया छैन
मेरा लागी
बलेको आगो ताप्ने
त ठिकै हो,
कतै अरुको आगो मैं
पानी फ़्याकि दिने हरु कतै,
आग़ो मा घीउ थप्ने
यो पनि नया कहाँ होर?,
समय ले धेरै कुरा सिकाएछ,
यो सबै नया लग़्दैन
मलाई आजकल,
मानिसहरु अमृतपान
गरेछन की कसो,?
मृत्यु लाई जितेछन
की कसो,?
जे होस ., यो सबै
केही नया होईन,
मनीश को फ़ितरत
नै हो यो त,
सबै कुरा जान्दा जान्दै
किन दुख्छ मन घरी घरी
अझै छछल्किन्छ
मेरा नयन झरना सरि
बल्झिनछन मूटु मा,
पीड़ाहरु गाँठा सरि
किन किन पोली रह्न्छ
छाती मेरो आगो सरि
Pregătește-te pentru a te bucura de cea mai bună experiență românească la cazinou https://balgarskiezik.org/, cu un bonus avantajos și opriunea de a juca sloturile preferate în modul demonstrativ!