तिनै समाचारहरुमा
उघ्रिएको छैन आकाश
लुथ्रुक्क भिजेको छ धर्ती
जांगरविना सरेका पाईलाहरु
मानौं सिंगो ग्रह शोक मग्न छ
ॲाखा खोलेर होस या बन्द गरेर
पढिरहन्छु अखबारहरु
मानशपटलमा सलवलाउछन
उनै पिडाका समचारहरु ।

ॲाखाले ॲाखा हेर्न पाएन
ॲाशुले ॲाशु पछ्याउन पाएन
भित्रै लहरिए दन्तहरु
मुस्कानमा बन्द ओंठहरु
बोकेर हातहरुको चुम्बनमा
यहाॅ मायाॅ पोख्नु परेको बेला
मायाॅ रोपेर मायाॅ फल्न छाड्यो
मायाॅको फल पर्खिरहॅदा
मायाॅ चुंडाएका खवरहरु
छापिएका अखबारहरु
हुर्रिदै आउॅछन् समाचारहरु ।

सन्तान हुर्किएपछि
दायित्वको भारी बिसाएर
लामो श्वास फेर्न पाएकी छैनन्
उनै आमा शोकमा परेकी छिन्
माछा मार्न गएको छोरो फर्किएन ।
दौतरीसॅग रमाएका खबरहरु
पर्खिएकी आमा सुन्दैछिन्
तालले छोरी कुप्लुक्क निल्यो ।
बेहुली भित्र्याउने तरखरमा
सिंगारिएको घर
जन्तीहरुको लाशले भरियो
रुपवती छोरीको एसिड आक्रमण
छिनभरमै रुपको कुरुप बयान
ठाउॅठाउॅमा बलात्कारका खबरहरु
बोकेर आउछन अखबारहरु
अब म पढ्न सक्दिन
पिडा बोकेका समाचारहरु !

नसुनुम भन्छु लुटेका कुरा
नसुनुम भन्छु फुटेका कुरा
भन्छु बन्द गर कुटेका कुरा
खबर नदेउ लाचारहरुको
आंशुले सिरानी भिजेका छन्
भारी नबोक समाचारहरुको !

संसार ठप्प छ या चलायमान ?
नसुने पीडा सुने झनै पीडा
बोकेर छरिएका छन् घरघरमा
छापिएका छन् अखबारहरु
उनै पिडाका समाचारहरु !

हेर्दिन भन्छु, पढ्दिन भन्छु
घण्टी बजाउॅदै आउछन्
हेडिंग सजाउॅदै आउॅछन्
म्यासेन्जर, भाइवर, फेसबुक
यूट्यूब, तरंग तरगंका खबरहरु
रंगीविरंगी अखबारहरु
बिसाउन खोजेर मन
मिसाउन खोजेर विचार
फेरी कोट्याउछु अनि पाउछु
उनै पिडाका समाचारहरु !

टेक्सस ,अमेरिका

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected