अमेरिका– अमेरिकामा अन्तत राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक एप प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
शनिवार उनले कार्यकारी आदेश मार्फत लोकप्रिय बन्दै गएको चिनिया एप प्रतिबन्ध लगाउने घोषणा गरेका हुन ।
घोषणा संगै यता चिनिया एप टिकटक एप किन्नका लागी नामी सफटवेयर कम्पनी माइक्रोसफ्ट संगै अरु ठुला कम्पनीहरुले कुराकानी गरिहेका छन् । कुराकानी अन्तिम चरणमा पुगेपछि अव छिट्टै नै टिकटक माइक्रोसफ्ट तथा अन्य कुनै कम्पनीको हिस्सा बन्ने बताईएको छ । चिनिया एप टिकटक एक सय करोड डलरमा किन्नका लागी कुराकानी भइरहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आउदो सोमबार सम्ममा टिकटकसंग खरिद प्रकृयामा हस्ताक्षर हुने बताइएको छ ।
त्यसो त कयौ अन्तराष्ट्रीय मिडियाले छिट्टै नै टिकटक संचालन गदै आएको कम्पनी वाइटडांस नै टिकटकबाट छुटिने घोषणा गर्न सक्नेछ । अमेरिकाका धेरै ठुलो टेक कम्पनी तथा फाइनेसियल फर्मले समेत टिकटक किन्ने खबर आइरहेको छ । वाइटडांंसले २०१७ मा टिकटक लन्च गरेको थियो । छोटो समयमै यो चिनिया एप्स युवा समुहमा निकै लोकप्रिय बनेको थियो । प्राय विश्वका हरेक मुलुकमा यो टिकटकको प्रयोग हुदै आइरहेको छ । टिकटक संचालन गदै आएको कम्पनी बाइटडांसलाइ कयौ पटक प्रयोगताको डाटा चिनिया अधिकारीहरुको साथ शेयर गर्ने गरेको आरोप लागीसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected