अमेरिकाको एटलान्टाबाट नेपालको बिश्व हिन्दु युवा सँघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग :

एटलान्टा-मानिसहरू बाँच्नको लागि रुन सक्छन्,कराउन सक्छन् अनि सहयोगको लागि भिख माग्न सक्छन् तर ती अबोध जनावर र पशुपंक्षीको बेदना कसले सुनिदिने ? न त उनीहरू बोल्न सक्छन् न त कसैसँग जीवन रक्षाको लागि हार गुहार नै माग्न सक्छन् । उनीहरूसँग भोकै जीउनुको कुनै बिकल्प छैन । हाल नेपालमा लकडाउनका कारण काठमाडौँको विभिन्न धर्मस्थलमा रहेका जनावर र पशुपंक्षीहरू यस्तै परिस्तिथिसँग गुज्रिरहेका छन् ।
तिनै निर्दोष र पवित्र प्राणीहरूको समस्यालाई मध्यनजर गर्दै अमेरिकाको एटलान्टाबाट पर्यटन दुत तथा सामाजिक अभियन्ता राजा घले र डा रामु खरेलको नेतृत्वमा काठमाडौँको मन्दिर वरिपरि बस्ने जनावर ( गाई,गोरु र अन्य ) र पशुपंक्षीलाई खाना खुवाउन आर्थिक सहयोगको पहल भएको छ । यसैका लागि उनीहरूले बिश्व हिन्दु युवा सँघ अन्तर्राष्ट्रिय समितिका अधक्ष सागर थापालाई उक्त रकम हस्तान्तरण गरेका छन् ।मानवता भन्दा माथि उठेर आवाज बिहिनहरू र पहुँच बिहिनहरूको यस्तो बिषयमा सायद कमैको ध्यान गएको छ ।
“हामी जतिसुकै बिकसित राष्ट्रमा बसेपनि सबैभन्दा पहिले आफ्नै मातृभूमिको याद आँउछ अनि सँधै परिआएकोबेला केही न केहि गरौ र गर्नुपर्छ भन्ने सोच आईरहन्छ। कोरोना महामारीले विश्वनै आक्रान्त बनिरहेको बेला यससँग लड्न र जित्नको लागि संसारका प्रत्येक नागरिकले एक्यवद्धता जनाउदै “हामीनै संसार हौ ” भन्ने बोध गरेर मानवताको लागि आ-आफ्नो क्षेत्रबाट उठ्नुपर्छ अनि केहि न केहि योगदान दिनुपर्छ भन्ने एउटा पाठ हो यो” सहयोगी राजा घले भन्छन् ।
“नेपाल यतिखेर लक्डाउनमा छैन तर बाँच्नको लागि धेरै नेपालीलाई कठिन छ । प्रत्येक दिन काम गरेर एक छाक टार्ने बाध्यता भएको परिवारलाई यो