सागर अर्याल / ह्युस्टन
नेप्लिज हेरिटेज युनियन को दशै बिशेश कार्यक्रम सम्पन्न
हिन्दुहरुको महान चाड बडा दशै घरघरमा भित्रीरहेको छ । आज फुलपातिको दिन बिशेश पुजा गर्दै पुलपाति भित्राउने परम्परा रहेको छ । यसै फुलपातिको अबसर पारेर नेप्लिज हेरिटेज युनियनले दशै बिशेश कार्यक्रम सम्पन्न गरेको छ ।
ह्युस्टनमा रहेका नेपालिहरुलाई एउटै थलोमा जम्मा गरि मनोरन्जन दिदै दशैको तिहार तथा छट पर्बको शुभकामना आदानप्रदान गर्ने तथा आफ्नो कला सस्कृति को जगेर्ना गर्ने उद्देश्य ले आयोजित कार्यक्रममा दर्शकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानिय मेमोरियल पार्कमा आयोजित कार्यक्रममा रमा भट्टाराइ र बिदुर दवाडिको दोहोरि गित तथा महेश भट्ट र कर्ण बोगटिको सुदुरपस्चिमको देउडा गितले कार्यक्रम अझ रोचक बनेको थियो ।
कार्यक्रममा सहभागी गुल्मि समाज ह्युस्टनका सचिब लक्ष्मण भन्डारिले त्यहा रहेका सम्पुर्ण सङ सस्था को तर्फबाट शुभकामना ब्यक्त गर्दै एन एच यु ले नेपालमा फुलपाति भित्राउने दिनको अबसर पारि यो सात समुन्द्रपारि यसरि दशैको झझल्को मेटिने गरि कार्यक्रमको आयोजना गरेकोमा सम्पुर्ण ह्युस्टनबासि खुसि भएको कुरा बताउनु भएको थियो । कार्यक्रममा उपस्थित बुवा आमाहरु निकै नै खुसि देखिनु हुन्थ्यो भने यस्ता कार्यक्रम छिटोछिटो आयोजना गर्नको लागि सस्थाको महासचिब कर्ण बोगटिलाइ आग्रह गरिरहनु भएको थियो।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...