राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीलाई टिकटक अधिग्रहण गर्न ४५ दिनको समय दिए

अमेरिका– चिनिया एप टिकटिकको विषयमा आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र माइक्रोसफ्टको सिइओ सत्या नडेला बीच छलफल भएको छ । अमेरिकाको ठुलो टेक कम्पनी माइक्रोसफ्टले यो एप खरिद गर्न कुराकानी जारी राख्ने बताएको छ ।
यसै बीच समाचार एजेन्सी रायटरको समाचार अनुसार ट्रम्पले टिकटकको अधिग्रहण अर्थात स्वामित्व लिन माइक्रोसफ्टलाई ४५ दिनको समय दिएका छन् । माइक्रोसफटले पनि १५ सेप्ट्म्बर सम्म टिकटकसंग कुराकानी पुरा गर्ने प्रतिबद्धता जनाएको छ ।
माइक्रोसmटले पनि टिकटक खरिदका लागी नियमित रुपमा अब कुराकानीलाई अगाडी बढाउने बताएको छ ।
बासिङटन डिसीको रेडमन्ड स्थित कम्पनीको मुख्यालयले बयानमा माइक्रोसफट राष्ट्रपतिको राष्ट्रीय सुरक्षाको चिन्तालई राम्रो संग सम्झीरहेको बताएको छ । कम्पनीले पुरै सुरक्षा समिक्षा तथा अमेरिकाको अािर्थक लाभ हासिल गर्ने तवरले टिकटकलाई खरिद गर्ने बताएको छ ।
यस अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट संचालित टिकटकको राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभावको बारेमा चिन्ता व्यक्त गदै आएका थिए । उनले गत शुक्रबार टिकटक ब्यान्ड गर्ने चेतावनी समेत दिएका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...