अमेरिका–अमेरिकाको टेक्सस स्थित प्लानोमा ४३ वर्षिया भारतीय मुलकी शर्मिष्ठा सेनको हत्या भएको छ

हत्याको आंशकामा २९ वर्षिय अश्वेत अमेरिकन युवालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले एबियोना नामका युवालाई पक्राउ गरेको हो ।

अनुसन्धानकर्ता तथा फर्मासिस्ट रहेकी सेनलाई मर्निङ वाकमा निस्केको वखत पार्कमा उनी माथी  अचानक हमला भइ हत्या भएको थियो । टेक्ससको प्लानो सहरमा बस्दै आएकी सेनको गत शनिवार बिहान पार्कमा जकीङ गर्ने क्रममा हत्या भएको थियो । फक्स फोर न्युजको समाचार अनुसार उनी क्यानसर रोगीहरुका लागी काम गदै आएकी थिइन । उनका दुई छोराहरु रहेको बताईन्छ । उनी हरेक दिन बिहान नियमित जकीङमा निस्कने गरेकी थिइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected