अमेरिकामा काेराना महामारीपछि यी नेपालीले ज्यान गुमाए
अमेरिका– अमेरिकामा कोरोना महामारी फैलिए यता अहिले सम्म १४ जना नेपालीको ज्यान गएको छ ।
कोरोना महामारी यता अमेरिकाको न्युयोर्क संगै अन्य केही राज्यमा नेपालीको ज्यान गएको हो ।
कतिपयकाे कोरोनाकै कारण मुत्यु भए पनि परिवारले नखुलाएका कारण क कोरोना पृष्ठि हुन सकेको छैन ।
कोरोना महामारीको इपिसेन्टरमा भनिएको न्युयोर्कमा कोविङ–१९ को संक्रमण पछि ११ जना नेपालीले ज्यान गुमाएका छन् । न्युयोर्कपछि भर्जिनियामा १ र कलोरोाडामा २ जना नेपालीले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।
‘कोरोना संक्रमण फैलिएपछि न्युयोर्कमा अहिले सम्म ६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ’ नेपाल जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले भने– ‘बाकी ५ जनाको हदयघातका कारण ज्यान गएको हो ।’
उनले अधिकांशको अस्पतालमा उपचारका क्रममा र केहीको अर्पाटमेन्टमा ज्यान गएको बताए ।
न्युयोर्कमा निधन भएकाहरुको दाहसंस्कारका लागी मेरिल्यान्ड राज्य विद्यानसभा सदस्य एच बि भण्डारीले मृतक परिवार आफुहरुसंग समन्वय गरी प्रशासनिक सहजीकरणका लागी सहयोग गरेको नेम्बाङले बताए । मृतकका केही परिवारले आफै दाहसंस्कार पनि गरेका छन ।
मुस्ताङका भनिएका सोनाम लामा को हालसम्म आफन्तले दाबी नगरेको र उनको मृत शरीर कुन ठाउ“मा राखिएको छ भन्ने बारेमा नेपाली समुदाय समेत अनभिज्ञ बनेको छ ।
अमेरिकाको न्युयोर्कमा सयौ नेपाली कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भए पनि पछिल्लो क्रममा निको भएपछि अधिकाश घर फर्कि सकेका छन् ।
न्युयोर्कमा कोरोनाबाट मुत्यु भएकाहरु
१,अनिल लिम्बु ,अस्पतालमा
२,ङिमा तेम्बा शेर्पा, अस्पतालमा
३, राजकुमार थापा, अस्पतालमा
४, विष्णु राई ,अस्पतालमा
५, महेश अमात्य,अस्पतालमा
६, पवन मल्ल, अर्पाटमेन्टमा
ह्दयघातबाट भएका नेपालीहरु
१, अजय छोंचु, अस्पतालमा
२, थोक्मे विष्ट ,अर्पाटमेन्टमा
३, रामप्रसाद हाडा ,अर्पामेन्टमा
४, होमकुमारी राना ,अर्पामेन्टमा
५, सोनाम लामा ,अर्पाटमेन्टमा