न्युजर्सी राज्यमा Isaias (ईसियास) आंधीको प्रभाव , करिब १३ लाख घरमा बिधुत आपूर्ति अबरुद्द

कुमार जंग कार्की
न्युजर्सी -अमेरिकाको पुर्बी तटीय क्षेत्रहरुलाइ प्रभावित पार्दै उत्तर तर्फ बढी रहेको Isaias नामको आंधीले न्युजर्सी राज्यमा व्यापक क्षति पुर्याएको छ । आंधीका कारण करिब १३ लाख घर तथा ब्यबसाहिक भबनहरुमा बिधुत आपूर्ति बन्द हुनुका साथै कयौ घर तथा सवारी साधन हरुमा क्षति पुगेको छ । आंधीले पुर्याउन सक्ने क्षतिलाइ मध्यनजर गरि राज्यमा मंगलबार बिहान ५ बजे देखि साँझ ४ बजे सम्म स्टेट अफ इमरजेंसी लागु गरिएको थियो ।
“आंधीका कारण करिब १३ लाख घर हरुमा बिधुत आपूर्ति बन्द भएको रिपोर्ट आएको छ र ति मध्य केहि घर हरुमा बिधुत आपूर्ति सहज गराउन केहि दिन लाग्ने छ । बिधुत आपूर्ति छिटो भन्दा छिटो सुरक्षित तरिकाले सहज गराउन हामी सम्बन्धित निकाय हरु संग मिलेर कार्य गरिरहेका छौ ” न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले बताएका छन् ।
आँधीले आउट डोर डाइनिंग संचालन गरेका सयौ रेस्टुरेन्टका पाल तथा टेन्ट हरु समेत उडाएर लागेको ब्यबसायीहरुले बताएका छन्। आँधी पश्यात आएको बाढीका कारण केहि सडकहरु समेत अबरुद्ध भयका थिए भने केहि स्थानका रेल सेवा हरुपनि बन्द भएका छन् । आंधीक बेला हावाको बेग १०९ माइल प्रति घण्टा सम्म रेकर्ड गरिएको थियो ।
त्यस्तै सोहि आंधीका कारण न्युयोर्क राज्यमा पनि लाखौ घर हरुमा बिधुत अबरुद्ध हुनुका साथै रुखले किचिएर एक ६० बर्षे मानिसको मृत्यु भएको न्युयोर्क प्रहरीले जनाएको छ । आंधीका कारण भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।
तस्बिर एजेन्सी