न्युयाेर्क-एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरको आयोजनामा न्यूयोर्कको सत्य नारायण मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, नेपाली महा वाणिज्य दूतावास, न्यूयोर्कको वाणिज्यदूत गणेश प्रसाद अधिकारीले गरेका थिए । कार्यक्रममा विशेष अतिथि एनआरएनए एनसिसि अमेरिका उपाध्यक्ष बाबुराम लामा लगायत एनआरएनए एनसिसि, अमेरिका को बोर्ड सदस्य तथा ब्लड डोनेसन समितिका संयोजक खिम बिक्रम भट्टराईको उपस्थिति थियो । कार्यक्रममा वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली लगायत बिभिन्न संस्थाहरूका अध्यक्षहरू तथा प्रतिनिधिहरू सहित ३०० जना भन्दा बढीको उपस्थिति थियो । बिजय गुरुंगको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रम भएकाे हाे ।
कोभिड—१९ महामारी को संकटको समयमा असंख्य मानवीय क्षति र न्यूयोर्कमा रगतको अत्याधिक अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली समुदायमा सेप्टेम्वर २००८ पछि अहिले सम्मकै सवै भन्दा सफल रक्तदान कार्यक्रम भएको जनाकारहरुले बताएका थिए । न्यू योर्कका प्रायस सवै नेपाली संघ सस्थाको सहकार्यता सम्पन्न रक्तदान कार्यक्रममा पछिल्लो एक दशक यताकै सवै भन्दा बढि १३० दाताहरु ले रक्तदान गरे ।
उक्त कार्यक्रममा नेपाल भिजन इन्क. को सहयोगमा रक्तदाताहरुलाई पीपीई, के.एन.९५ मास्क, सर्जिकल मास्क, ग्लोभ्स र सेनीटाइजर वितरण गरिएको थियो । उक्त रक्तदान स्थलमा यू.एस. सेन्सन ब्युरो का प्रतिनिधि र अधिकार संस्थाको सहयोगमा यू.एस. जनगणना—२०२० को फाराम पनि भरिएको थियो । करिव १ सयको हाराहारीमा जनगणनाको फारम भरिएको अधिकार संस्थाका प्रतिनिधिले बताएको थिए । त्यस्तै एलम्र्हस्ट अस्पताल को मेडिकल टिमले कार्यक्रममा उपस्थीति जनसमुदायलाई निशुल्क स्वास्थ्य जाँच (स्क्रिनिंग) तथा अस्पतालले दिने सेवाहरूको बारेमा जानकारी दिएका थिए ।

एन आर एन ए, न्युयोर्क च्याप्टर आयोजक रही न्यूयोर्कमा क्रियाशिल अन्य ४८ ओटा संघ संस्थाहरूको विशेष सहयोग र न्युयोर्क ब्लड सेन्टर सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । यसरी संयुक्त रूपमा कार्यक्रम आयोजना गर्दा संस्थागत सहभागिताको अवसर, प्रचार प्रसारमा, तथा व्यवस्थापनमा सहजता तथा समाजमा सकारात्मक सन्देश गएको सहभागी संस्थाहरूको ठम्याँई छ । सवैको सहभागीता र सहकार्यतामा नै यो कार्यक्रम ऐतिहासीक बनेको सभागीहरुको भनाई थियो ।

रक्तदान गर्न इच्छुक हरुलाई न्युयोर्क ब्लड सेन्टरको लिङ्क उपलब्ध गराई अग्रिम रुपमा अपोइन्टमेण्ट लिन आग्रह गरिएकोमा १ सय ५९ जनाले अग्रिम अपोइन्टमेण्ट बनाउनु भएको थियो । त्यस्तै ५० भन्दा बढी वाक—इन उपस्थित हुनुभएको थियो । तर ब्लड सेन्टरको जनशक्तिको कमीले गर्दा १ सय १२ जना अपोइन्टमेण्ट बनाउनेहरु र १८ जना वाक—इन रक्तदाताले मात्र रक्तदान गर्न सम्भव भयो । करिव १९ जना स्वाथ्य चेक जाँच पछि रक्तदान गर्न योग्य हुनुभएन । कुल १ साय ३० रक्तदाता बाट १ सय ३० पिन्ट रगत संकलन भएको छ
रक्तदान गर्ने तथा कार्यक्रममा सहभागी सबैलाई आयाेजक न्युयाेर्क च्यापटरका अध्यक्ष
रामहरी अधिकारीले बिज्ञप्ति मार्फत धन्यवाद ज्ञापन गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected