अमेरिक – कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै गहिरो समस्यामा धकेलेको छ । यसै बीच कोरोनाबाट छुटकारामा पाउन सबैले यसको अचुक उपायको प्रतिक्षा गरिरहेका छन् ।
हरेकको प्रतिक्षाको घडीलाई केही आशा जोगाउन अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा एन्थोनी फाउचीले कोरोनाभाइरस भ्याक्सिनलाई लिएर एउटा दाबा गरेका छन् । उनले आगामी वर्ष २०२१ को सुरुवात सम्म कोरोना भ्याक्सिन बनेर तयार हुने बताएका छन् । उनले आगामी वर्षको सुरुवात सम्म संसारभर कोरोना भ्याक्सिनको करोडौ डोज तयार हुने दाबी गरे ।
अमेरिकाका सबै भन्दा उच्च सरुवा रोग विशेषज्ञ फाउचीले समाचार एजेन्सी रायटरलाई दिएको एक अन्तवार्तामा यस्तो दाबा गरेका हुन । उनले आगमी वर्ष २०२१ को सुरुवात सम्म कोरोना भ्याक्सिन आउने बताए । उनले कोरोना भ्याक्सिनको करोडौ खुराक आगमी वर्षको सुरुवात सम्म बन्ने दाबी समेत गरे ।
उनले भ्याक्सिन तयार भएपछि कोरोनाभाइरसलाई हराउन र यसबाट हामी सबैलाई उब्रिन सफलता मिल्ने समेत बताए । कोरोनाबाट विश्वमा अहिले ७ लाख भन्दा बढीको ज्यान गइसकेको छ । उनले प्रयोगशाला परीक्षणपछि एउटा भ्याक्सिनले काम गर्ने र यो वर्षको अन्त सम्ममा तयार हुने समेत बताए ।
उनले यसरी तयार हुने भ्याक्सिनले फैलिदै गएको कोरोनाभाइरस संक्रमणलाई निस्तेक्ष पार्नेमा आशा व्यक्त गरे ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...