अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फलोरिडा प्रान्तमा रहेको मार–ए लामो रिसोर्टमा एके–४७ सहित छिरेका तीन किशोर पक्राउ परेका छन् ।
प्रहरीले १५ वर्ष उमेरका तीन किशोरलाई रिसोर्टबाट पक्राउ गरेको हो । उनिहरु तीन जना कार लिएर रिसोर्ट छिरेका थिए । प्रहरीको गाडी देखेपछि उनीहरु भागेको र पर्खाल नाघेर भित्र लुकेको प्रहरी प्रवक्ता माइकल आगरोडनिकले बताएका छन् । उनिहरुले कुनै फायरिङ गरेका थिएन ।
प्रहरीसंगको बयानमा उनीहरुले कही बेबारिसे अवस्थामा फेला परेको बताए । रिसोर्टमा राष्ट्रपति ट्रम्प र उनको कोही परिवार थिएनन । यदि कोही भएको भए सुरक्षामा खटिएका सुरक्षाकर्मिले उनिहरुलाई गोली समेत हान्न सक्थे, प्रहरीले भनेको छ । तीनै जना किशोरलाई बाल सुधार गृहमा पठाइएको छ ।
उनीहरुलाई मुद्धा के चलाइने भन्ने बारेमा पनि अहिले सम्म केही खुलाइएको छैन

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected