जहाँ चलिरहन्छ
कहिले तानातान
कहिले हानाहान
कहिले बाझाबाझ
कहिले चाटाचाट
एउटा बस्ति
जहाँ साम्राज्य छ
दम्भ, रिस, अभिमान, द्वेष, छलकपटको
जहाँ भागाभाग छ
दया, माया, स्नेह, करुणा, सदभावनाको
थरीथरीका डन, पहलमानहरु
आफ्नो बाहुबल देखाउँछन् जहाँ
बिभिन्न स्वघोषित ब्रह्मज्ञानीहरु
तत्वावेत्ता, त्रिकालदर्शीहरु
ताण्डवनृत्य गरिरहेछन जहाँ
सवैलाई जहाँ वस्तुको रुपमा हेरिन्छ
सवैको बजार सिद्धान्तमा किनवेच गरिन्छ
आस्था, विस्वास, ईमान पनि
माया-प्रेम, स्नेह, सदभाव पनि
म उल्लु
बोकेर आदर्श, नैतिकता
सत्ययुग, त्रेतायुग, द्वापरयुगको
त्यो बजारमा जान्छु
मुक्का हान्छन
किन आइस हाम्रो बजार बिगार्न भन्दै
बजारका दलाल, डन, कमिसनखोरहरुले
रगताम्य पार्छन मलाई
फोहोरको थुप्रोमा घिसारेर लग्छन मलाई
कोहि बोल्दैन
कोहि अघि सर्दैन मद्दत गर्न
छेउकै मंचमा
एउटा दाढिवाला नैतिकताको प्रवचन दिईरहेको छ
अर्को मन्चमा
नेता देश विकासको भाषण दिइरहेकोछ
अनि छेउकै चौरमा
मानवअधिकारवादी चिच्याइरहेकोछ
तर कोहि आउँदैन
मलाई उठाउन
एउटा भिडियो खिचिरहेकोछ
नजाने के के बकबक गरिरहेकोछ
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...