नेपाली समाज टेक्ससको सांस्कृतिक तथा आध्यात्मिक क्याम्प सुरु

टेक्सस– नेपाली समाज टेक्सस द्धारा संचालित सांस्कृतिक तथा आध्यात्मिक क्याम्प सुरु भएको छ । डा चिन्तामणि योगीद्धारा बालबालिकालाई गराईन सांस्कृतिक तथा आध्यात्मिक क्याम्प सुरु भएको हो
। हरेक साता सोमबार साझ ७ बजे देखि ९ बजे सम्म कक्षा संचालन भइरहेको नेपाली पाठशालका प्रिन्सिपल विजय भट्टराईले जानकारी दिए । यो क्याम्पको संयोजकमा नेपाली समाज टेक्ससका महासचिव भानु खरेल तथा विद्यालय संयोजकमा भोजबहादुर बलायर छन् । पछिल्लो समय कोरोना महामारीका कारण यो क्याम्प यसपटक जुम भिडियो मार्फत संचालन हुदै आएको छ । क्याम्पमा ५३ जना बालबालिका सहभागी रहेका छन् ।
नेपाली समाज टेक्ससले नियमित रुपमा नेपाली बालबालिका लागी नेपाली पाठशाला तथा समर क्याम्प पनि संचालन गदै आएको छ ।
सांस्कृतिक तथा आध्यात्मिक क्याम्पको भिडियो तल छ :
https://www.youtube.com/watch?v=-ClfSuEtG38&feature=share
https://www.youtube.com/watch?v=7Vas1mHog2E&feature=share
https://www.youtube.com/watch?v=ESOM2GSTqPA&feature=share
https://www.youtube.com/watch?
https://www.youtube.com/watch?v=DbkbpxpQNHU&feature=share