ब्राजिलमा कोरोना बाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
ब्राजिल-बिश्वमा कोरोना भाइरस (कोभिड-19) लागे देखि अहिले सम्म लगभग २ करोड जनसंख्या संक्रमित भएका छन् भने ७ लाख २८ हजार को मृत्यु भएको छ । अहिले सम्म सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका, ब्राजिल र भारत हुन् । ब्राजिल मा मार्च को पहिलो हप्ता देखि कोरोना भाइरस संक्रमीत देखिएको थियो । त्यो समय एकदम थोरै मात्रामा देखिएको कोरोना भाइरस अहिले पाँच महिना भित्र मृत्यु हुने को संख्या एक लाख नाघेको छ । यो एकदम दुख लाग्दो कुरा हो । बिश्व भरी मै अमेरिका पछि दोस्रो धेरै मृत्यु हुने देश ब्राजिल बनेको छ भने दोस्रो ठुलो संक्रमीत हुने देश पनि ब्राजिल नै छ । केही समय देखी तीब्र गतिमा दौडिरहेको कोरोना भाइरसले गर्दा ब्राजिलको जनजीवन अस्त व्यस्त छ । कोरोना भाइरस कम गर्न धेरै उपाय गर्दा पनि केहि उपलब्धि हासिल हुन सकेको छैन । यहि अनुपातमा दौडिने हो भने अबको ४ महिना भित्र मृत्युको संख्या २ लाख पुग्ने अड्कल गरिएको छ।

ब्राजिलमा कोरोना महामारी चलिरहदा यहाँका रास्ट्रपति जयर बोल्सोनारो लाई समेत कोरोना पोजेटिभ देखिएको थियो । तीन हप्ता क्वारेन्टाइन बसेका उनि दुइ पटक सम्म चेक गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तेस्रो पटक को चेकमा भने नेगेटिभ रिपोर्ट आएको थियो। अहिले उनी कोरोना मुक्त भइ सकेका छन् । तर अहिले उनका श्रीमति मिशेल बोल्सोनारोलाई कोरोना पोजेटिभ देखिएको छ । बोल्सोनारोले कोरोना भाइरस बाट पोजेटिभ देखिदा हाइड्रोक्सीक्लोरोक्विन (hydroxychlorquine) औषधि प्रयोग गरेका थिए । जुन औषधिको सेवनले उनलाइ धेरै राम्रो गरेको बताएका थिए। अहिले सबैलाई यो औषधि प्रयोग गर्न ब्राजिल भरी प्रचार गरिएको छ। त्यस्तै अहिले ब्राजिल सरकारले कोरोना भाइरस को औषधि कोरोना भाइरस विरुद्ध को भ्याक्सिन उत्पादन को लागि जोड दिइरहेको छ, जसको लागि लगभग २ अरब डलर छुट्टाइएको छ । जुन भ्याक्सिन २०२१ सम्म तयार हुने जनाएको छ।
ब्राजिलमा ५ महिना देखि लगातार लक डाउन भए पनि अहिले त्यसको उल्लंघन गर्दै पसल, सपिङ मल, रेस्टुरेन्ट, जिम हल सबै खोलिएका छन् । बाध्यताले जोखिम मोलेर भए पनि सबै जना दैनिकी काममा फर्किन थालेका छन् । मान्छे हरुको चहलपहल र भिडभाड उस्तै छ भने संक्रमीतको संख्या बढ्ने सम्भावना झन बढेकाे छ । अर्थतन्त्रमा ह्रास आएको छ भने गरिबी र बिरोजगार को संख्या ह्वात्तै बढेको छ ।

अहिले सम्म ब्राजिलमा ३० लाख संक्रमीत भएका छन् भने १ लाख ५ सयको मृत्यु भएको छ। २० लाख ७० हजार निको भएका छन् । ब्राजिल को सवै भन्दा बढी संक्रमीत भएको ठाउँ साओ पाउलो मा मात्र ६ लाख ८ हजार ४ सय संक्रमीत भएका छन् भने २४ हजार ८ सयको मृत्यु भएको छ।





















