एक साथ टेक्ससका दुई स्रष्टाहरुको ‘आज फेरी’ र अक्षरका बिउहरु ‘लोर्कापण
टेक्सस– अमेरिकाको टेक्ससमा सक्रिय दुई स्रष्टाको कविता कृति नेपाल प्रज्ञा प्रतिष्ठानमा लोर्कापण गरिएको छ ।
टेक्ससमा रहेर लामो समय देखि साहित्य सृजनामा तल्लिन साहित्यकार बैकुन्ठराज आचार्यको आज फेरी तथा नारी हस्ताक्षर भगवति पौडेललेको अक्षरका बिउहरु कविता कृति नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिले एक साथ लोर्कापण गरेका हुन ।
लोर्कापण कार्यक्रममा प्रतिष्ठानका सदस्य संग साहित्य स्रष्टाहरुको उपस्थिति रहेको थियो । लोर्कापण गरिएको कृति आज फेरिका स्रष्टा स्वयं कार्यक्रममा उपस्थित रहे पनि अक्षरका बिउहरु कविता कृतिकी स्रष्टा पौडेल भने टेक्ससमै रहेकी छिन् । कोविड–१९ लगायतका विषम परिस्थितिका कारण कृति लोर्कापण कार्यक्रममा उनी उपस्थिति हुन सकिनन ।
बैकुन्ठराज आचार्यले यस अघि न्यास्रो जन्मभुमि कविता सग्रह प्रकाशन गरेका थिए । नेपाल गएको बखत लकडाउना फसेका आचार्यले आफनो पुराना कविताहरु जोरजाम गरेर संग्रहको रुपमा दिए ।
टेक्ससमा रहदा विभिन्न साहित्यिक गतिविधीमा सक्रिय आचार्य स्रष्टा साझ नेपाल साहित्यिक अभियानका सस्थापक मध्ये एक हुन ।
टेक्ससमा औलामा गनिने नारी हस्ताक्षर मध्ये भगवति पौडेल पनि एक हुन । टेक्ससमा हुने हरेक साहित्य गतिविधिमा उनको सक्रिय सहभागिता हुदै आएको छ । विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा फुटकर लेखरचना प्रकाशन गदै आएकी पौडेलको मुल विद्या भने कविता हो । उनी ड्यालसमा आयोजना भएका विभिन्न कविता प्रतियोगिताहरुमा सहभागी भएर पुरस्कार पनि जितेकी छिन् । उनको पुस्तकको रुपमा आएको यो कृति भने पहिलो हो ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...