अमेरिका– अमेरिकाको राजधानी वासिङटन डिसीमा आईतबार बिहान एक पार्टिमा भएको हमलामा एक जनाको ज्यान गएको छ । घटनामा घाइते २० जना मध्ये ९ जनाको अवस्था गंभीर रहेको स्थानिय प्रहरीलाई उदृत गदै अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । घटनामा एक सुरक्षा अधिकारी समेत घाइते भएको बताईन्छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
बन्दुक हमलामा मृत्यु हुने १७ वर्षिय किशोर कृस्टोफर ब्राउन रहेको बताइएको छ । खुल्ला ठाउँमा भएको पार्टिमा सर्वसाधारण संगीत बजाएर खाना खाइरहेको बखत गोलाबारी भएको प्रहरीले जनाएको छ । प्रहरीले के कारण र कसले गोली चलाएको हो केही बताएको छैन ।
पार्टिमा सहभागी २१ ज्ना माथि बन्दुक हमला भएको थियो । उनिहरु मध्ये ११ जना महिला, दुई किशोर र अन्य व्यस्क पुरुष रहेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । अहिले सम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन । बासिङटनमा कोरोना महामारीका कारण आउटडोर पार्टि प्रतिबन्ध थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected