अमेरिका– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस गर्मि मौसममा पनि बढदै गइरहेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनकी आपतकालिन विभागका प्रमुख डा मिशेल रेयानले सोमबार एक पत्रकार सम्मेलनमा श्वासतन्त्रमा आक्रमण गर्ने इन्फुल्नजा जस्तो भाइरस कोरोना नभएको बताईन। इन्फुलुन्जा विशेष गरी जाडोको मौसममा बढने गरेको छ । तर कोरोना महामारी गर्मि समयमा झनै बढदै गएको डा रेयानको अनुभव छ ।
हालै पुर्वका केही वैज्ञानिकले गर्मिमा कोरोनाभाइरस कमजोर हुने अनुमान लगाएका थिए । तर अहिले गर्मि याममा फैलिदै गएको महामारीले त्यसलाई गलत सावित गरिदिएको छ ।
कोरोनाभाइरसले यो प्रकारको मौसमी प्रवृत्ति अहिले यो गर्मि मौसममा नदेखाइरहेको उनको भनाई छ ।
अहिले पछिल्लो समयमा कोरोना महामारीले विश्व नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । विश्वमा अहिले कोरोना महामारीबाट संक्रमीत हुनेको संख्या २ करोड नाघ्न लागीसकेको छ । मृत्यु हुनेहरुको संख्या सात लाख भन्दा माथि छ ।
विज्ञहरुले कोरोनाबाट बच्न शारीरिक दुरी कायम राख्दै मास्क पहिरिएर अन्य आवश्यक नियमहरु पालन गर्न सबैलाई सुल्झाइरहेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...