रुसले खोप परिक्षणको आबश्यक चरणहरु पुरा नगरेको अन्तराष्ट्रिय स्वास्थ्य बिज्ञ हरुको आरोप
मस्को -रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले मंगलबार कोरोना बिरुद्धको विश्वव्यापी खोप दौडमा आफ्ना वैज्ञानिकहरूले सफलता हासिल गरेको दाबी गरेका छन् र रुस कोरोना बिरुद्धको खोपलाइ अनुमोदन गर्ने पहिलो देश भएको घोषणा गरेका छन् । “कोरोनाभाइरस विरुद्ध खोप आज विश्वमा पहिलो पटक दर्ता गरिएको छ,” रूसी राष्ट्रपति पुटिनले सरकारी संचार माध्यमलाइ जानकारी दिने क्रममा भनेका छन् । “मलाई थाहा छ कि यसले प्रभावकारी रूपमा काम गर्दछ र यसले शरीरमा स्थिर प्रतिरक्षा प्रणाली बनाउन मद्दत गर्दछ ।” उनले भने
खोप मस्कोस्थित गमलेया इन्स्टिच्यूटले बिकाश गरेको हो जसलाई Sputnik-V नाम दिइएको छ , जुन सोभियत संघले १९५७ मा प्रक्षेपण गरेको विश्वको पहिलो भू उपग्रह हो । अधिकारी हरुले आगामी साता देखि खोप लाखौ स्वास्थ्य कर्मी तथा शिक्षकहरूलाइ लगाउन प्रारम्भ गरिने बताएका छन् ।
रुसले खोपको सफलता र ब्यबसायिक उत्पादन गर्ने बताई रहदा उसले खोप परिक्षणको आबश्यक चरणहरु पुरा नगरेको अन्तराष्ट्रिय स्वास्थ्य बिज्ञ हरुले आरोप लगाएका छन् । साथै रुसले कुनै पनि बैज्ञानिक तथ्यांक हरु सार्बजनिक नगरेको , खोप सुरक्षित र प्रभावकारी छ कि छैन भनेर अध्यन गर्न ठुलो संख्यामा परिक्षण गर्ने क्रममा हतार गरेको तथा खोप को बारेमा थोरै मात्र जानकारी दिएको जस्ता आरोप हरु लगाएका छन् ।
सम्बन्धित खवर
-
Prince William times केा रिपेार्ट ...