राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा विदेशमा रहेका आफनो नागरिकलाई स्वदेश फर्कन रोक लगाउने संकेत

अमेरिका– कोरोना महामारी फैलिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो नागरिकलाई स्वदेश फर्कन रोक लगाउन सक्ने संकेत मिलेको छ ,।
अमेरिकी नागरिक देखि ग्रिनकार्ड बहाकलाई नया अध्ययागन नियम लगाएर रोक लगाउन सक्ने भन्दै चर्चित अमेरिकी अखबार न्युयोर्क टाइम्सले लेखेको छ । विदेशमा रहेका अमेरिकी नागरिक तथा ग्रिनकार्ड बहाकलाई अमेरिका फर्कन रोक लगाउने छन्, जो कोरोनाबाट संक्रमीत भएको हुन सक्छन् । विदेशमा जो कोरोना सक्रमीत भएका छन् , उनिहरुलाई अमेरिका फर्कन अस्थायी रोक लगाउन ट्रम्प सरकारले नया नियम लागु गर्न गइरहेको छ ।
त्यसो त राष्ट्रपति ट्रम्पले यस अघि विदेशी नागरिकलाई कोरोना फैलिने भन्दै अमेरिका प्रवेशमा रोक लगाएका थिए । अहिले सम्म उनले आफनो नागरिक तथा ग्रिनकार्ड बहाकलाई अमेरिका फर्कन छुट दिएका थिए । अब आफनो नागरिक तथ ग्रिनकार्ड बहाकलाई छिट्र्ट अस्थायी रोक लगाउने तयारी गरिरहेको न्युयोर्क टाइम्सले लेखेको छ ।
यो प्रस्तावको अनुमति मिले लगत्तै ट्रम्प सरकारले आफनो नागरिक तथा वैधानिक रुपमा अमेरिका बसेकाहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने अस्थायी अधिकार प्राप्त हुनेछ ।
अमेरिकाको संघीय एजेन्सीले ले मंगलबार सम्म हाइट हाउसलाई आफनो राय दिन भनेको थियो । यो प्रस्तावलाई कहिले स्वीकृति दिइनेछ र कहिलेबाट लागु हुने भन्ने बारेमा भने घोषणा भएको छैन ।