ग्यास स्टोरमा काम गर्दा कसरी सुरक्षीत हुने

शिव शर्मा
अमेरिकामा नेपाली, भारतीय तथा पाकिस्तानी मुलका एसियनहरुलले संचालन गरेका ग्यास स्टोरहरु बग्रेल्ती रहेका छन् । तिनमा काम गर्ने नेपालीहरुको संख्या पनि त्यतिकै छ । टेक्सस राज्य अझै धेरै नेपालीले संचालन गरेको ग्यास स्टोरहरु रहेको छन् । पछिल्लो क्रममा ग्यास स्टोरमा लुटेराहरुको बिगबिगी संगै हतियार आंतकले स्टोरमा काम गर्नेहरुलाई आतंकीत बनाएको छ । ग्यास स्टोरमै काम गर्ने क्रममा लुटेराको निशानामा परेर नेपाली तथा भारतीयहरुको ज्यान जाने क्रम पनि बढेको छ । कतिपय घटना सावधानी नपाउदा र लुटेरासंग जोरी खोज्दा पनि घटेका छन् ।
ग्यास स्टोर संचालन गर्ने संचालक तथा स्टोरसंग सम्बन्धीत व्यक्तिहरुसंगको कुराकानीलाई आधार बनाएर केही बुद्धाहरु यहाँ प्रस्तुत गरिएको छ ।
१ स्टोरमा ,विना तालिम काम गर्ने नेपालीहरु बढेका छन् । तालिमको अभावमा पनि स्टोरमा काम गर्ने कामदार माथि लुटेराहरुको आक्रमण हुने गरेको छ । यसैले स्टोरमा काम गर्नु अगाडी सबै प्रकारको तालिम कामदारका लागी महत्वपुर्ण छ ।
२, शंकास्पद व्यक्ति स्टोरमा प्रवेश गरे लगत्तै सर्तकता अपनाउनुपर्छ । ज्यान महत्वपुर्ण भएकाले लुटेराले चाहेको कुरा परिर्पुिर्त गरिदिनुपर्छ । गुटेरासंग प्रतिवाद गर्नेतिर लाग्नु हुदैन । प्रतिवाद गरियो भने लुटेराले आक्रमण गर्न सक्छ ।
३, स्टोरमा प्रवेश गरेको लुटेराको अनुहारमा नहेर्ने, हात माथि गरिदिने, रजिष्टर खुला गरिदिने र फोन चलाउने कार्य कदापी गर्नु हुदैन ।
४, स्टोरमा लुटन आउने लुटेरासंग भिडने काम कदापी गर्नु हुदैन । लुटने आएकालाई सबै चिज खुला गरिदिनुपर्छ । चाहिने दिनुपर्छ । ज्यान सबैभन्दा ठुला कुरा हो । धेरै लुटे इन्सुरेन्सले कभर गर्छ, थोरै लुटे ठिकै छ, मालिकले व्योहोर्छन् । दुई चार सयका लागी भिडेर ज्यानै फाल्नु पनि त भएन ।
५, सकेसम्म स्टोरमा धेरै रकम नराख्ने । लुटन आउनेलाई रकम धेरै राख्छ भन्ने मेसो भएपछि ऊ लुटनका लागी ज्यान लिने गरी दोहोराएर आउन सक्छ । लुटन आइ हाले सबै रकम लग्न दिनुपर्छ , हिरो बन्न खोजियो भने ज्यान जान सक्छ ।
६, लुटेराले लुटेपछि फोन चलाउने र पुलिसलाई खबर गर्ने जस्ता काम तत्कालै गर्नु हुदैन । लुटेरा गएको ४, ५ मिनेटपछि बाहिर निस्केर हेर्ने र ढोका लक गरिहाल्नुपर्छ । ढोका लक गरे लगत्त पुलिसलाई घटना बारे खबर गरिहाल्नुपर्छ । पहिला स्टोर मालिकलाई हैन, पुलिसलाई लुटेरा बारे सबै हुलिया बताउनुपर्छ ।
७, स्टोर खोल्दा र बन्द गर्दा होसियारी अपनाउनुपर्छ । यही समयमा लुटेराले आक्रमण गरेर ज्यान गएका घटनाहरु धेरै छन् । बिहान स्टोर खोल्दा अर्लट हुने, पार्किङ स्थलमा हेर्ने अनि मात्रै खोल्ने गर्नुपर्छ । बिहानकै समयमा पनि लुटेराहरु दाउ गरेर बसेका हुन सक्छन् । यसै गरी स्टोर बन्द गर्ने समयमा पनि सर्तकता अपनाउनुपर्छ । ढोका बन्द गरेर मात्रै हिसाबकिताब राख्नुपर्छ । सकेसम्म राती पैसा गन्ने काम नगर्दा राम्रो हुन्छ । हिसाबकिताब ड्रप्ट गर्दा उपयुक्त हुन्छ ।
८, स्टोरमा काम गर्ने कामदार मात्रै हैन संचालकले पनि सर्तकता अपनाउनु जरुरी छ । संचालकलाई पनि सुरक्षीत कसरी हुने भन्ने तालिम आवश्यक छ । संचालकलाई पनि लुटेराले पिछा गरिरहेका हुन्छन् । बैक जादा होस या स्टोरमा आउदा लुटेराले पिछा गरेर लुटने योजना बुनीरहेका हुन्छन् । यो कुरामा पनि स्टोर संचालकले उच्च सर्तकता अपनाउनुपर्छ ।
९, स्टोरमा काम गर्ने क्रममा कतिपय कामदार फोनमा गफिने, च्याट गर्ने र भिडियो कलमा व्यस्त हुने गरेको गुनासो आउने गरेको छ । यही कमजोरीको फाईदा उठाउदै पनि कतिपय समयमा लुटेरा आउने लुटने र आक्रमण गर्ने गरेको देखिन्छ । यसैले स्टोरमा काम गर्दा हाई अलर्टमा भने रहनैपर्छ ।
१०, स्टोरमा सबै कामदारकै कमजोरीले मात्रै घटना हुने हैन । कतिपय होसियारी अपनाउदा अपनाउदै पनि घटनाहरु भएका छन् । जेहोस लुटेराको छनक पाएपछि सबै रजिष्ट्रर खुला गरिदिनुपर्छ । जसरी हुन्छ आफु सुरक्षीत हुने उपाय अपनाउनुपर्छ । लुटेरासंग वादविवाद गर्ने, पुलिसलाई खबर गर्छु भन्ने जस्ता क्रियाकलाप देखाउनु हुदैन ।