तिम्रो तस्विर हेर्दा
आउने तरंगहरु
सिधै मेरो मुटुमा जान्छन
के गर्छन कुन्नि त्यहाँ
अनौठो अनुभूति गराउँछन

तिम्रो तस्विर संगै
आउँछन सम्झनाका लहरहरु
अनि पुग्छु तिमी संगै
कहिले हिउँले ढाकिएको पहाडमा
कहिले सेता बादल माथि आकाशमा
कहिले अनन्त फैलिएको नीलो समुन्द्रमा

तस्विर मूर्त, अमूर्त
जीवित वा निर्जीव
मात्र आफ्नै हेराई रहेछ
आफ्नै अनुभूतिको प्रतिविम्व रहेछ
आफु जीवित भएर हेर्दा
तस्विर पनि जीवित हुँदोरहेछ
आफुले मायाप्रेम दिंदा
तस्वीरले पनि मायाप्रेम दिँदोरहेछ

तिम्रो तस्विर र मेरो सम्बन्ध
जीवन्त भावनाको सम्बन्ध
अन्तरात्माको सम्बन्ध
अनि त्यसको अदृश्य, अनन्त, अविरल सम्प्रेषण
उकुसमुकुस गर्मीमा शीतलता दिन्छन
जीवन अघि बढाउने आधार दिन्छन

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected