चाहिदैन केहि अब ,
तिमी बाहेक मेरो प्रिय
जीवन मेरो तिमी नै हौ ,
तिमीनै तिमी ,मेरो प्रिय,

जब तिमी मुस्कुराउछाै,
बसन्तकाे फूल जसै ,
औंसी रुपी मेरो रात मा ,
झिलमील पूर्णे जस्तै,

चाहिदैन केही अब,
तिमी बाहेक मेरी प्रिय,
जिवन मेरो तिमी नै हौ
तिमी नै तिमी मेरी प्रिय,

मेरो जीवन मा बहार छरि
गुलाब जस्तो तिमि परी
तिमि मेरो धरती अनि
तिमि मेरो आकाश प्रिय

चाहिदैन केही अब,
तिमी बाहेक मेरो प्रिय
जिवन मेरो तिमी नै हौ
तिमी नै तिमी मेरो प्रिय

तिमी नै छौ मेरो दिल मा ,
नजरमा तिमी नै प्रिय
तिमी सांस यो धडकन अनि,
तिमी नै मेरो सॅसार प्रिय

चाहिदैन केही अब,
तिमी भन्दा बढी प्रिय
जीवन मेरो तिमी नै हौ
तिमी नै तिमी मेरो प्रिय

रिमझिम वर्षात पछी
इंद्रेणि को तिमी झलक
झरी पछी झुल्किएकाे
घाम को तिमि किरण प्रिय

चाहिदैन केही अब,
तिमी भन्दा बढी प्रिय
जीवन मेरो तिमी नै हौ
तिमी नै तिमी मेरो प्रिय

माया को तिम्रो सुभाष ले
मगमगायो मेरो जीवन प्रिय
जादू मोहनी स्पर्शमा
स्वर्गसरि आगमन प्रिय

चाहिदैन केही अब,
तिमि भन्दा बढी प्रिय
जीवन मेरो तिमि नै हौ
तिमि नै तिमि मेरो प्रिय

के मांग्नु अब प्रार्थनामा,
तिमी भन्दा बढ़ी प्रिय
माया तिमी माया मेरो ,
जीवनको छाया मेरो

चाहिदैन केही अब,
तिमी बाहेक मेरो प्रिय
जीवन मेरो तिमी नै हो,
तिमी नै तिमी मेरो प्रिय ।।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected