अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया एप टिकटकको मुख्य कम्पनी बाइटडान्सलाई अमेरिकामा आफनो सम्पत्ति बेच्न ९० दिनको समय दिएका छन् ।
राष्ट्रपति ट्रम्पले बाइटडान्सले राष्ट्रिय सुरक्षालाई खतरा उत्पन्न गरेको भन्दै यो समयसिमा दिएका हुन ।
ट्रम्पले कार्यकारी आदेशमा बाइटडान्सले राष्ट्रिय सुरक्षामा जोखिम बढाएको भन्दै यसको प्रमाण आफुहरुसंग रहेको बताएका छन् । डिलका लागी अहिले चिनिया कम्पनी बाइटडान्स र माइक्रोसफ्ट बीच कुराकानी चलीरहेको छ ।
त्यसो त अघिल्लो साता नै ट्रम्प टिकटक र वीच्याट का चिनिया मालिकसंग लेनदेन गर्न रोक लगाएका थिए । उनले चिनिया एप अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश निति तथा अर्थव्यवस्थाका लागी खतरा रहदै आएको बताए ।
अमेरिकामा युवा पुस्ता माझ लोकप्रिय बन्दै गएको टिकटकको यहा १० करोड भन्दा बढी प्रयोगकर्ता रहेको बताईन्छ ।
राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा बाइटडान्सले टिकटकका अमेरिकी प्रयोगकर्ताको पाएको कुनै पनि डाटा समेत फिर्ता गर्न भनेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले माइक्रोसफ्ट तथा अन्य कुनै अमेरिकी कम्पनीले नकिनेको खण्डमा टिकटकलाई प्रतिबन्ध लगाउन १५ सेप्टेम्बरको समय सिमा यस अघि नै दिइसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected