अमेरिका-अमेरिकामा बिगत को तुलनामा १७ बर्ष भन्दा मुनिका केटा केटि हरुमा कोरोना को संक्रमण संख्या र दर दुवै बढ्दै गइ रहेको तथ्यांक हरुले देखाएका छन् । CDC द्वारा बाल स्वास्थ्य सेवा प्रदायकहरूको लागि नया निर्देशिका जारी गर्ने क्रममा सुक्रबार सो जानकारी दिइएको हो । हाल अमेरिकामा देखिएका कुल कोरोना संक्रमितक मध्य ७.३ प्रतिशत बालबालिका रहेको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) ले जनाएको छ। अमेरिकाको कुल जनसंख्या मध्य २२ प्रतिसत जनसंख्या बाल बालिकाको रहेको छ ।

निर्देशिकामा उल्लेख गरिए अनुसार कोरोना महामारी सुरु भए एता मार्च देखि जुलाई सम्म बाल बालिका हरुमा कोरोना संक्रमणको दर निरन्तर बढ्दै गइरहेको छ । वयस्क तथा गम्भीर बिरामी भएकाहरू परीक्षणको प्राथमिकतामा पर्ने हुदा संक्रमित बाल बालिकाको संख्या अझ यो भन्दा बढी हुन् सक्ने CDC ले जनाएको छ । महामारीको चरम अबस्थामा सैक्षिक सस्था हरु पूर्ण रुपमा बन्द हुनुका साथै सामुदायिक सजगताका कारण पनि धेरै बाल बालिका हरु संक्रमित हुन् बाट जोगिएको तर अब सैक्षिक सस्थाहरु पुन संचालनमा आएमा अबस्था फेरिन सक्ने बिज्ञहरुले बताएका छन् ।

साथै सैक्षिक सस्था तथा अन्य क्रियाकलापमा फर्केका बालबालिकाहरुले भाइरसलाई उच्च जोखिम भएका परिवारका सदस्यहरूमा सार्न सक्ने बारे पनि CDC ले समेत चिन्ता ब्यक्त्त गरेको छ । “हालैका तथ्यहरूले देखाए अनुसार वयस्कहरूको तुलनामा बालबालिकाहरुले पनि उत्तिकै वा बढी संख्यामा भाइरस हरु बोक्न सक्ने हुदा बालबालिकाहरुले घर तथा अन्य व्यक्त्तिहरूमा प्रभावकारी रूपमा भाइरस फैलाउन सक्छन्,” सीडीसीले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected