अमेरिका– नेपाल जनसम्पर्क समिति अमेरिकाका सक्रिय सदस्य ३९ वर्षिय अमर तामाँङको बुधबार न्युयोर्कमा उपचारका क्रममा निधन भएको छ ।

नेपालको कास्कीको माछापुच्छे« गाउ“पालिका घर भएका तामाङको न्युयोर्कको साइनाई अस्पतालमा उपचारको क्रममा निधन भएको हो । क्यानसर रोगले पीडित तामाङ केही महिनादेखि अस्पतालमा उपचारर्थ थिए । नेपाल जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको उपसभापति रहेका तामाङकस्केली समाज अमेरिकाका महासचिव समेत थिए । उनी २००६ मा अमेरिका आएका थिए ।
अमेरिकाको न्युयोर्कमा बसोबास गदै आएका तामाङ विभिन्न समाजिक गतिविधीमा समेत सक्रिय युवा थिए ।
नेपाल जनसम्पर्क समिति अमेरिकाले एक विज्ञप्ती प्रकाशित गरि तामाङको निधनले अपुरणीय क्षति पुगेको जनाएको छ ।
यसै बीच एनआरएनले अमेरिकाका अध्यक्ष सुनिल शाहले पनि तामाङको निधनमा दुख व्यक्त गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected