अमेरिका–इस्टाग्राम, टिकटक तथा युटयुबको झण्डै २३.५ करोड प्रयोगकर्ताको डाटा लिक भई गोप्य सुचना चोरी भएको छ ।
उपभोक्ताहरुको हितमा काम गर्ने सेक्ुयुरिटी रिसर्चसका अनुसार यस्तो खुलासा भएको हो । डाटा लिएको भएको मध्ये ४.२ करोड टिकटक प्रयोगकर्ता, ४० लाख युटयुब प्रयोगकर्ता र बाकी इस्टाग्रामको रहेको छ ।
पा“च रेकर्डमा एक प्रयोगकर्ताको टेलिफोन नम्बर, अर्थात इमेल एड्रेस, प्रोफाइल नेम, पुरा बास्तविक नाम, प्रोफाइल फोटो, अकाउन्टको विवरण, फलोअर्सको संख्या तथा लाइक्स आदी समावेश छन् ।

यो डाटा चोरीको पछाडी एउटा असुक्षीत डाटाबेस भएको बताइएको छ । इंस्टाग्रामको स्वामित्व फेसबुक संग छ भने छोटो भिडियो एप टिकटकको डाटा टिकटकलाई चिनिया कम्पनी बाइटडान्सले नियन्त्रण गर्छ । युटयुबको स्वामित्व गुगल संग रहेको छ ।
चर्चित म्याग्जीन फोब्र्सले सेक्युरिटी रिसर्चसको हवाला दिदै प्रयोगकर्ताको डाटा केही डाटासेठमा फैलिएको र प्रोफाइल रेकर्ड इस्टाग्रामबाट छिनिएको बताएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected