राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा आलोचकलाई ब्लक गर्न अदालतसंग इजाजत मागे

अमेरिका–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो ट्वीटरमा आलोचकहरुलाई ब्लक गर्न अमेरिकाको सर्वोच्च अदालतसंग इजाजत मागेका छन् ।
उनले आफना आलोचकहरुलाई सजिलै ब्लक गर्न अदालतको इजाजत मागेका हुन । यस अघि २०१७ मा राष्ट्रपति ट्रम्पले ट्वीटरमा आफना आलोचकलाई ब्लक गरेका थिए । ब्लक पछि त्यो घटना सर्वोच्च अदालतमा पुगेको थियो । लोअर फेडरल कोर्टले ट्रम्पले आधिकारिक जानकारी ट्वीट गर्ने गरेको र यसमा आलोचकलाई ब्लक गर्नु अभिव्यक्ति स्वतन्त्रताको विपरीत भएको बताएको थियो । अहिले राष्ट्रपति ट्रम्पले यो फैसलालाई अमेरिकी सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।
स्मरणरहोस गत जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रर्दशनकारीको विरुद्ध गंभीर बल प्रयोग गर्ने धम्की दिने ट्वीटलाई ट्वीटरले आफनो नितिको उल्लघन गर्ने भन्दै त्यसमा चेतावनीको लेबल लगाएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...