नेपालको ‘ध्वाँसे चितुवा’ सम्बन्धी प्रस्तावना विश्वभरमा उत्कृष्ट ५ भित्र परेको छ  युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ का विज्ञ समूहले  मूल्याङ्कन गरेर ‘पहाड तथा वन’ समूह अन्तर्गत यस प्रस्तावनालाई उत्कृष्ट ५ भित्र  पारेको हो  यसलाई पब्लिक भोटिङका लागि खुल्ला गरिएको अनलाइन भोटको आधारमा उत्कृष्ट एकमा परे ‘प्रकृतिका साथीहरू’ संस्थाले करिब ३७ लाख बराबरको अनुदान  पाउने छ   त्यो रकम कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा संरक्षणको लागि खर्च गरिनेछ विशेष गरी सिक्लेस, ताङतीङ लगायतका गाउँहरू सो सहयोगबाट लाभान्वित हुनेछन्

नेपालको तर्फबाट सो परियोजनाको नेतृत्व ध्वाँसे चितुवाको नामले परिचित दोलखा निवासी अनुसन्धानकर्मी यादव घिमिरे र कास्कीका ‘उल्लु सर‘ भनेर चिनिने संरक्षणकर्मी राजु आचार्य सहितको समूहले गरिरहेका छन् दुवै जना नेपाल भित्र र बाहिर वन्यजन्तुको अनुसन्धान र संरक्षणका काममा स्थापित। नाम हो

दुई हप्ताको लागि खुला गरिएको भोटिङ आजबाट  कार्तिक सम्म भोट गर्न पाइने छ आफूसँग उपलब्ध भएको उपकरण (मोबाइल, ल्यापटप, डेस्कटप कम्प्युटर) प्रयोग गरेर एक उपकरणबाट एक भोट गर्न सकिने छ पैसा तिरेर बुस्ट भने गर्न पाइनेछैनl ोटको लागि यो लिङ्कhttps://www.outdoorconservation.eu/project-voting-category.cfm?catid=5 खुले पछि केहि तल जानुपर्छ र दोश्रो परियोजना नेपालको हो l परियोजनाको नाम Protect the Clouded Leopard, Nepal भनेरलेखिएको छ l ल्यापटप वा कम्प्यूटर भए दायाँ तिर र मोबाईल भए परियाेजनाकाे  तल पट्टिको VOTE भनेर लेखिएको मा क्लिक गर्न सकिन्छ l त्यसपछि खुलेको पेजमा   (I am not robot) (I have read…) को अगाडी रहेको बक्समा टिक गर्ने र अन्तमा रहेको Cast your vote मा क्लिकगरेर भोट गर्न सकिन्छ l कहिले काँही विभिन्न फोटोहरु दिएर भेरिफाई गर्न पनि भन्न सक्छ l  

यो प्रजाति कस्तो हो ?

नेपालमा पाइने १२  प्रजातिका बिरालो प्रजातिहरुमध्ये यो प्रजाती लजालु स्वभावको हुन्छ l यो प्रजाति बाँदर झैँ चढने, उफ्रने तथा झुन्डिने गर्न सक्छ l बाँदरको सङ्ख्या नियन्त्रणमा सहयोगी यो स्तनधारी बन विनाश, डढेलो, चोरी सिकारी, अवैध व्यापार आदि कारणले अफ्ठयारोमा पर्दै गएका छन्lनेपाल सरकारले यो प्रजातिलाई  संरक्षित प्रजातिमा पनि सुचिकृत गरेको छ l यो प्रजाति संरक्षणको लागि सिक्लेस, ताङतीङ, भुजुंग क्षेत्रमा संरक्षणकाकामहरु हुँदै आएका छन् l

तस्वीर : Pixabay

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected