अमेरिकामा विमा रकमको लोभमा रचिएको षडयत्रन्त्रमा भारतीय मुलका आमा छोरी जेल चलान
अमेरिका– अमेरिकामा झुठो तरिकाले विमा रकम लिन आफनै स्टोरमा आगो लगाउन षडयन्त्र रचेको अभियोगमा भारतीय मुलका एक आमा छोरीलाई जेल सजाय सुनाइएको छ ।
कोलम्बियामा बसोबास गर्ने ४९ वर्षिया मनजीत सिंह र उनकी २७ वर्षिया छोरी हर्पनीत बथलाई केन्टकीको एक संघीय अदालतले १८ महिना तथा ९ महिनाको जेल सजाय सुनाएको हो । समाचार स्रोतका अनुसार सिंहले केन्टकीमा आफनो स्टोरमा आगो लगाउनका लागी एक व्यक्तिलाई ५ हजार डलर दिन लागेको कुरा अदालत समक्ष स्वीकार गरेकी थिइन । विमाको रकम लिन उनले पसलमा आगो लगाउन चाहेकी थिइन ।
क्यानडामा रहेकी उनकी छोरी पनि केन्टकी आएर यो अपराधमा मदत गरेको कुरा स्वीकार गरेकी थिइन । तर उनीहरुले रचेको यो षडयन्त्रलाई घटना घटाउनु अघि अधिकारीहरुले यसको भण्डारफोर गरेका थिए । उनिहरु घटनाको घटाउनु अघि नै पक्राउ परेका थिए ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...