अमेरिका– नासाका एक शोधकर्ता तथा टेक्सस ए एन्ड एमविश्वविद्यालयका प्रोफसरलाई चीनसंगको सम्बन्ध लुकाएर अनुदान लिएको आरोप लगाइएको छ । प्रोफेसर झेंगदोङ चेङले चिनिया सरकारद्धारा स्थापित एक विश्वविद्यालयमा काम गरेको कुरा लुकाएका थिए ।
अमेरिकाको न्याय विभागको बयानमा उनी माथि धोकाधडी, षडयन्त्र तथा झुठो बोलेको आरोप लगाइएको छ । यही आरोपमा उनलाई पक्राउ गरिएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।
२००४ मा विश्वविद्यालयद्धारा नियुक्त भएका चेङ शोधकर्ता टिमको नेतृत्वकर्ता थिए । उनलाई अन्तरीक्ष अध्ययनका लागी नासाबाट झण्डै ७.५० लाख डलर को सहायता मिलेको थियो ।
अमेरिकाको न्यायिक विभागले अमेरिकी विश्वविद्यालयमा कार्यरत यस्तै प्रोफेसरको विरुद्ध जा“च गरिरहेको छ, जसले चिनिया विश्वविद्यालय देखि आफनो पेशवर सम्बन्ध लुकाएका छन् ।
ट्रम्प प्रशासनले यस्ता प्रोफेसरको खोजी गरी कार्वाही गरिरहेको छ , जसले चीनसं)ग सम्बन्ध राखेर अमेरिकालाई हानी पु¥याइरहेको छ । जसले चीनको हितमा अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected