अमेरिकामा लौरा आँधीको त्रास, लाखौलाई घर छाडेर सुरक्षीत स्थानमा जान आदेश

अमेरिका– अमेरिकामा लौरा आँधी आउने आंशका पछि पाँच लाख भन्दा बढीलाई सुरक्षीत स्थान तर्फ जान आदेश दिइएको छ ।
मौसम विज्ञकाका अनुसार जब लौरा आधी तटबाट उठेर टेक्सस तथा लुजियाना राज्यमा तेज हावाको साथ समुन्द्रमा अग्लो लहर उठन सक्ने बताइएको छ । यो संगै भारी रुपमा बाढी आउने चेतावनी समेत दिएको छ ।
टेक्सस प्रान्तको ब्युमाउन्ट, गेल्बस्टोन तथा पोर्ट आर्थर सहरका ३ लाख भन्दा बढी बासिन्दालाई सुरक्षीत स्थानमा जान भनिएको छ । यसको अलवा दक्षिण पश्चिम लुजियाना को तल्लो क्षेत्रमा रहने दुई लाख बासिन्दालाई सुरक्षीत स्थानमा जान भनिएको छ ।
मौसम विज्ञका अनुसार २४ घन्टामा आधी ३० प्रतिशत अधिक शक्तिशाली हुने संभावना रहेको छ । यो क्रममा ९० माइल देखि लिएर १२० माइल प्रतिघन्टाको हावा चल्न सक्ने बताइएको छ । लौरा आधीका क्रममा समुन्द्रमा १३ फिट उचाईको लहर उठने आंशका गरिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...