अमेरिका– कोरोनाभाइरस महामारीका कारण  जनमानसमा गहिरो असर पदै गएको छ ।
संक्रमण हुने त्रास संगै आर्थिक अवस्था डामाडोल बन्दै गएपछि मानिसमा तनाव अर्थात डिप्रेसन बढेर गएको हो । अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ता टिमले गरेको अध्ययनमा कोरोनाभाइरसको यो समयमा मान्छेको हालत बिग्रदै गएको हो । सस्टेनबिलिटी पत्रिकमा प्रकाशित अध्ययन अनुसार शोधकर्ताका टिमले ३७४ जनामा अनलाइन सर्वेमा क्रममा गरिएको अध्ययनमा यो निष्कर्ष निकालेको हो ।
अमेरिकाको क्यालिफोर्निया युनिर्भसिटीका शोधकर्ता क्लेयर कैननको नेतृत्वमा यो अध्ययन भएको हो ।
यो अध्ययनमा सहभागीहरुको पुर्वको जीवन अनुभव, कोरानासंग सम्बन्धीत हालत र तनावको स्थितिको बारेमा सवाल उठाइएको थियो । उनिहरुको अवस्था, जागीर र रोवगारी गुमाउनु परेको कारण लगायतका बारेमा जानकारी लिइएको थियो । अध्ययननको नतिजामा दुई तिहाईले मध्यम देखि उच्च तह सम्मको तनावको बारेमा जानकारी दिएका थिए । अध्ययनकर्ताका अनुसार जो प्रतिकुल परिस्थितिबाट अहिले गुज्रिरहेका छन तिनिहरुलाई तनावबाट मुक्ति दिलाउन एक अर्काको मदतको आवश्यकता छ ।
कोरोना महामारी अहिले विश्वमा दुई करोड ४० लाख भन्दा माथि पुगेको छ । यो भाइरसबाट अहिले सम्म ८ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected