अमेरिका– अमेरिकामा एक जना चिनिया अनुसन्धानकर्ता  वर्षाेदेखिकाे अनुसन्धानकाे नतिजा चाेरी गरेकाे अाराेपमा पक्राउ परेका छन् ।

व्यापार संग सम्बन्धीत गोपनियता चोरी गरेको आरोपमा अमेरिकाको युनिभर्सिटी अफ भर्जिनियाका चिनिया अनुसन्धानकर्ता हाउझु हु लाई पक्राउ गरिएको हो । वर्षो देखिको अनुसन्धान स्रोतको नतिजा चोरी गरेको आरोप उनी माथि लगाइएको छ । उनले विना अधिकार एउटा कम्पयुटरको प्रयोग गरेर अधिकार भन्दा बढी जानकारी लिएर गोपनियता चोरेको आरोप लगाइएको छ । उनी चीन जानका लागी शिकागो अन्तराष्ट्रिय विमानस्थबाट उडान समात्नु अघि नै पक्राउ परेका छन् । अमेरिकाको जस्टिस डिपार्टमेन्टले यो बारेमा अमेरिकी संचारमाध्यमहरुलाई जानकारी दिएको छ ।
अमेरिका तथा चीन बीच बढदै गएको तनावमा एक पछि अर्को गदै चिनिया अधिकारीहरु अमेरिकामा पक्राउ परिरहेका छन् । यस अघि पनि केही चिनिया अधिकारीहरु जासुसीको आरोपमा पक्राउ परिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected