अमेरिका– अमेरिकाको शिकागोमा आईतबार बिहान प्रहरीले एक सवारीलाई रोक्न इसारा गर्ने क्रममा एक व्यक्तिले प्रहरीमाथि गोली वर्षाएका छन् । गोली लागेर दुई प्रहरी अधिकारी घाईते भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रहरीले गोली हान्ने व्यक्तिलाई तुरुन्तै जवाफी कार्वाही गरेको थियो । प्रहरीको गोलीले गोली हान्ने व्यक्ति पनि घाईते भएका छन् ।
शिकागो प्रहरी विभागका डेबीड ब्राउनले पत्रकार सम्मेलनमा दुई प्रहरी अधिकारीले सवारीमा बन्दुक भएको आंशकामा रोक्न संकेत गरेका थिए । गरफील्ड पार्कमा जब ति व्यक्तिले सवारी रोक्न नमानेपछि प्रहरीले सवारीको झयालको सिसा फोडीदिएका थिए । सिसा फोडेपछि ति व्यक्ति र प्रहरी बीच झडप भएको ताईन्छ । झडपका क्रममा ति व्यक्तिले दुई प्रहरी माथि गोली प्रहार गरेका थिए । त्यही समयका अर्का प्रहरी अधिकारी घटनास्थल पुगेर संदिग्ध व्यक्ति माथि गोली प्रहार गरेका थिए । ति व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ । गोली लागेका मध्ये एक प्रहरीको अवस्था गंभीर रहेको बताइएको छ । गोली लागेका अर्का प्रहरीको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रहरी तथा संलिग्ध व्यक्तिको नाम भने खुलाइको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected