कुमार जंग कार्की
न्युजर्सी (अमेरिका )-कोरोना महामारी संगै न्युजर्सी राज्यमा गत मार्च महिना देखि बन्द इनडोर डाइनिंग सेवा यही आउदो सुक्रबार देखि पुन सुचारु हुने भएको छ । न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले आज आयोजित नियमित कोरोना ब्रिफिंग कार्यक्रममा सो जानकारी गराएका हुन् । “आज, म एक कार्यकारी आदेसमा हस्ताक्षर गर्दैछु जसले इनडोर डाइनिंग सेवा पुन सुचारु गर्न अनुमति दिनेछ” उनले भने । यो संगै करिब ६ महिना देखि टेक आउट तथा आउट डोर डाइनिंग सेवा मात्र पाएका ग्राहक हरुले अब रेष्टुरेन्ट भित्रै बसेर खान खान पाउने भएका छन् । तर रेष्टुरेन्ट हरुले आफ्नो कुल क्षमताको २५ प्रतिसत ग्राहकहरुलाइ मात्रै इनडोर डाइनिंग सेवा प्रदान गर्न सक्नेछन भने एउटा टेबलमा ८ जना भन्दा बढी बस्न पाइने छैन यसका साथै रेष्टुरेन्टहरुले सामाजिकदुरी , कामदारहरुले मास्कको अनिबार्य प्रयोग लगाएतक सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउनु पर्नेछ ।

साथै उनले सुक्रबार देखिनै बन्द सिनेमाहल हरुपनि खुल्ने जानकारी गराएका छन् । उनका अनुसार सिनेमा हल हरुले पनि कुल क्षमताको २५ प्रतिसत वा बढीमा १५० जनालाइ मात्रै प्रवेश दिन सक्नेछन भने सामाजिक दुरी कायम हुने गरि बस्ने व्यवस्था मिलाउनु पर्ने छ भने फेस मास्क बिना प्रवेश गराउन पाइने छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected